देशभरका २०० मेयर पाेखरामा

समाधान संवाददाता, पाेखरा ।
पोखरामा मंगलबारबाट राष्ट्रिय मेयर सम्मेलन सुरु भएकाे छ । स्थानीय निर्वाचनपछि स्थानीय सरकारका प्रमुखहरु एकै ठाउँमा जम्मा भएर सरकार सञ्चालनका बारेमा सिकेका सिकाइ अनुभव आपसमा साटासाट गर्ने कार्यक्रमको आयोजना गरिएको हो ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्मेलनको उद्घाटन गर्नेछन् । सम्मेलनमा करिब २ सय मेयरहरु सहभागि हुने पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बताए ।
सम्मेलनमा स्थानीय सरकार सञ्चालन ऐनले पारेका सकारात्मक तथा नकारात्मक प्रभावहरुको छलफल गरी संविधान अनुरुपका हक अधिकारहरू स्थापित गर्न आवश्यक कानुनी संरचनाहरूको समेत पहिचान गर्ने उद्देश्यले रहेको प्रमुख जिसीले बताए ।
पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसरमा बुधबार मेयर साइकल दौड प्रतियोगिता आयोजना गर्नेछ । कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता गर्न लागेको प्रमुख जिसीले बताए । प्रतियोगितामा देशभरका स्थानीय तहका प्रमुखलाई सहभागिताका लागि पत्राचार गरिसकिएको छ ।
बढ्दो औद्योगिकीकरण र सवारी साधनको अधिक वृद्धि भएको अवस्थामा महानगरले साइकल प्रयोगलाई प्रेरित गर्दै लैजाने नीति अघि सारेको उनले बताए ।
प्रतियोगितामा सहभागीले महानगरपालिकाको कार्यालयबाट सुरु गरी न्युरोड, सृजनाचोक हुँदै लेकसाइडको हल्लनचोकसम्मको ५ किलोमिटर दूरी पार गर्नुपर्ने प्रीतयोगिताका संयोजक दर्शन लामाले जानकारी दिए । प्रतियोगितामा विजेतालाई पुरस्कारको व्यवस्था भने गरिएको छैन । सबै स्थानीयबीच आत्मीयता बढाउन र साइकलको प्रवद्धन गर्न यस्तो प्रतियोगिताले टेवा पुग्ने संयोजक लामाको भनाइ छ ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया