भोली नै मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने

समाधान संवाददाता, पोखरा ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वक्तब्य नै जारी गरेर गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएपछि अल्पमतमा परेको पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार विरुद्ध भोली विहीबार नै अश्विासको प्रस्ताव दर्ता हुने भएको छ ।
काठमाण्डौंबाट पोखरा आउदै गरेका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले यसको पुष्टी गरेका छन् । ‘प्राविधिक कुरा पुरा भएमा भोली नै अविश्वासको प्रस्ताव दर्ता हुन्छ ।’ उनले भने ।
अविश्वासको प्रस्ताव दर्ता गर्न प्रयाप्त हुने गरी नेपाली कांग्रेसले हस्ताक्षर संकलन गरिसकेको छ । सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न २५ प्रतिशत अर्थात १५ जनाको हस्ताक्षर भए पुग्छ । कांग्रेसका १५ सांसदले हस्ताक्षर गरिसकेका छन् ।
त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलका अधिकांश सांसस पोखरा मै छन् । अन्य दलका सबै सांसद पोखरामा नभएपनि प्रतिनिधि मुलुक हस्ताक्षर भए पनि पुग्ने हुनाले विहीबार नै अविश्वासको प्रस्ताव दर्ता हुने नेताहरुले बताएका छन् ।
‘यदि केन्द्रबाट फरक निर्देशन वा केही समय पर्ख भन्ने सन्देश आएन भने भोली नै दर्ता हुन्छ ।’ दुवै पार्टीका नेताले भनेका छन् ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया