नयाँ सत्तासमीकरण प्रति माओवादी संसदीय दलका नेता चुमान असन्तुष्ट

समाधान संवाददाता २०७८ वैशाख २ गते ८:२५
कानुनमन्त्री चुमान पोखरा, ७ फागुन M राष्ट्रिय समाचार समितिको ५९औF jfर्षिक उत्सjमा आयोजित समृद्धि प्राप्तिमा सञ्चारको e"मिका विषयक अन्तरक्रिया एवं सम्मान कार्यक्रमdf आफ्नो भनाई राख्दै गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरि चुमान । t:jL/ /flwsf sF8]n÷/f;;

समाधान संवाददाता, पोखरा ।

गण्डकी प्रदेशमा सत्ता परिवर्तनको खेलमा आफै मुख्यमन्त्री बन्ने दौडमा रहेका नेकपा माओवादी गण्डकी प्रदेशका संसदीय दलका नेता हरिबहादुर चुमान नयाँ सत्तासमीकरणपछि असन्तुष्ट देखिएका छन् ।

उनले आफ्नो असन्तुष्टी सामाजिक सञ्जाल फेसबुकमार्फत पोखेका छन् । बुधबार साँझ करिब ८ बजे उनले लेखेका छन्–पढ्न त स्टयाटिक्स, डाइनामिक्स, अल्जेब्रा र अरिथमेटिक (अंकगाणित) पढेकै थिए । नबुझेको चाहिँ अंकगणित परेछ ।

Advertisement

गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्न केन्द्रीय नेतृत्व सहमत भएपछि यो उनको पहिलो सार्बजनिक प्रतिक्रिया हो ।

एमाले नेता पृथ्वीसुब्बा गुरुङको नेतृत्वमा गठन भएको सरकारमा माओवादी केन्द्रको नेतृत्व गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हालेका चुमान पछिल्लो समयमा आफै मुख्यमन्त्री बन्ने दौडमा थिए ।

Advertisement

गण्डकी प्रदेश सरकारबाट राजीनामा गरे लगत्तै काठमाण्डौं गएका उनले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर गण्डकीमा वामपन्थी कै नेतृत्वमा सरकार बनाउन लबिङ गरेका थिए । आफ्नो नेतृत्वमा सरकार गठन भएमा निर्णायक शक्ति जनमोर्चा पनि सरकारमा सहभागी हुने उनको दावी थियो ।

माओवादी श्रोतका अनुसार पार्टी नेतृत्व चुमानको विगतको भूमिका प्रति असन्तुष्ट छ । त्यसैले उनलाई मुख्य बनाउनु त परको कुरा, अब बन्ने सरकारमा उनलाई भूमिका समेत नदिने निष्कर्षमा नेतृत्व पुगेको छ ।

यसको पुष्टी चुमान स्वयंले गरेका छन् । उनले लेखेको यही स्टाटसमा तनहुँका पत्रकार प्रकाशचन्द्र भट्टराईले कमेन्ट लेखेका छन्– यही अंकगणितका कारण दोश्रो पटक मन्त्री हुने दिन आउला जस्तो छ त हजुर । यसको जवाफमा चुमानले भट्टराईलाई मेन्सन गर्दै लेखेका छन्–आउदैन

चुमानलाई पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारबाट राजीनामा गर्न आनकानी गरेको आरोप छ । उनी केन्द्रीय राजनीति जे भएपनि गण्डकी प्रदेशमा वामपन्थी कै नेतृत्वमा बाँकी समय सरकार चलाउनु पर्छ भन्ने पक्षमा थिए ।

पछिल्लो समय माओवादीका केही सांसद चुमानको भूमिका प्रति असन्तुष्ट थिए । माओवादीको भागमा मुख्यमन्त्री नै परेको भएपनि संसदीय दलको नेता नै परिवर्तन गर्नेसम्मको आन्तरिक तयारी थियो ।

तपाईको प्रतिक्रिया