बेगनास कप दोस्रो दिनमा ७ खेल

समाधान संवाददाता
प्रथम सेभेन ए साइड बेगनास कपमा दोस्रो दिन ७ खेल भएका छन् । पोखरा ३१ बेगनासताल किनारमा भएको प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा आयोजक बेगनास युवा क्लब ए ले ईन्द्रेणी फुटबल क्लब लामास्वारालाई ५-० को फराकिलो गोल अन्तरले हराएको छ । दोस्रो खेलमा सैनिक बी लाई टिम ब्रदर्शले ४-० को सहज जीत निकाल्यो ।
सोमबार भएको तेस्रो खेलमा पचभैया बी लाई कुँडहर फुटबल क्लबले शून्यका विरुद्ध २ गोलले पराजित ग¥यो । चौंथो खेलमा नहरचोक फुटबल क्लबले आवास नगर क्लबलाई शून्यका विरुद्ध २ गोलको सहज जीत दर्ता गर्यो ।
पाँचौं खेलमा मित्रबन्धु युवा क्लबलाई फोर टु फाइभ समूहले टाइब्रेकरमा पराजित गरेको छ । निर्धारित तथा अतिरिक्त समयमा कुनै पनि गोल नभएपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
निकै प्रतिस्पर्धात्मक खेलमा राइजिङ स्टार युथ क्लबलाई पोखरा इन्जिनियरिङ कलेज पोखराले शून्यका विरुद्ध १ गोलले पाखा लगायो भने जुनियर जेसिजले पचभैया ए लाई पनि शून्य का विरुद्ध १ गोलले पराजित गरेको छ ।
प्रतियोगितामा मंगलबार ६ खेल हुने आयोजक क्लबका अध्यक्ष रामबहादुर रानाभाटले जानकारी दिए । पहिलो खेल लामागाउँ ए ले पचभैया सी को सामना गर्नेछ भने नयाँ गाउँ बी का विरुद्ध झरना एफसी मैदानमा उत्रनेछ । त्यस्तै अर्को खेलमा बुढीबजार एफसीले नयां गाउँ ए र सैनिक ए का विरुद्ध एस ओ एस मैदानमा उत्रनेछन् । अर्को खेलमा बौद्ध शान्ति क्लबले गेटवे फाउन्डेसनसँग खेल्नेछ भने मंगलबारको अन्तिम खेलमा मेरो नेपाल र हिमचुलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिताका संयोजक सुरेन्द्र पुनले बताए ।








लजी लन्ड्री लाउन्ज सञ्चालनमा
विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया