पाेखरामा प्रदेशकै ठूलो सिटी स्क्यान सुरुवात

समाधान संवाददाता २०७८ वैशाख ५ गते ९:५५
Exif_JPEG_420

समाधान संवाददाता, पोखरा

पोखरा एमआरआई एन्ड डाइग्नोस्टिक सेन्टरले शनिबारदेखि गण्डकी प्रदेशकै सबभन्दा ठूलो २ सय ५६ स्लाइसको सीटी स्क्यान सेवा सुरुवात गरेको छ ।

गण्डकी प्रदेशमै पहिलोपटक नेपालकै दोस्रो र शक्तिशाली सिटी स्क्यान मेसिन राखेर बिधिवत सुरुआत गरेको पोखरा न्यूरोडस्थित सेन्टरका प्रबन्ध निर्देशक डा सुमिरन श्रेष्ठले जानकारी दिए ।

Advertisement

उनले पोखरा तथा प्रदेशका बिरामीलाई सहज, सुलभ गुणस्तरीय र सस्तो हिसाबले विभिन्न रोग पत्ता लगाउनविगत ३ वर्ष पहिले स्थापित सेन्टरले १ दशमलव ५ टेस्ला, एमआरआई, ममोग्राफी, युएसजी, गाइडेड बायोप्सी सुविधा दिँदै आएको उल्लेख गरे ।

‘मेसिनले बिरामीको टाउकोदेखि खुट्टासम्म केही सेकेन्डभित्र सम्पूर्ण अंगहरुको सिटी स्क्यान परीक्षण गर्न सक्छ,’डा श्रेष्ठले भने, ‘मेसिनबाट शरीरका विभिन्न अंग टाउकोको गर्धन, छाती पेट, हात खुट्टा र विशेष गरी मुटुको रगतको नसाको जाँचहरु एन्जियोग्राफी समेत गर्न सकिन्छ ।’

Advertisement

डा श्रेष्ठले मेसिनबाट मुटु मस्तिक, फोक्सो पेट र हात खुट्टाको रगतको नसाहरु लगायत शरीरका विभिन्न अंगहरुको क्यान्सर र बच्चाका लागि कम विकिरण दिएरसिटी स्क्यान गर्ने सुविधा २४सै घण्टा दिने जानकारी दिए ।

उनले प्रदेशकै ठूलो सिटी स्क्यान मसिनको सुविधाको कारण अबदेखि मुटुको रगतको नशाको जाँच कोरोनरी एन्जियोग्राफी गर्न काठमाडौं जान नपर्ने दाबी गरे । डा श्रेष्ठले पोखराका वरिष्ठ चिकित्सकहरुले सञ्चालन गरेको सेन्टर सबै सेवालाई गुणस्तरीय बनाउँदै आइएसओ सर्टिफिकेटका लागि प्रक्रियमा रहेको बताए ।

पोखराका वरिष्ठ चिकित्सक कुमारसम्शेर राणाले सिटी स्क्यान सेवाको सुरुआत गर्दै पोखराको स्वास्थ्य उपचारको क्षेत्रमा ठूलो फड्को मारेको बताए । उनले पोखराका स्वास्थ्य संस्थाले गुणस्तरीय सेवा प्रदान गरेकाले धेरै बिरामी उपचारको लागि काठमाडांै धाउन नपरेको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया