‘आर्थिक सशक्तीकरण विना महिलालाई स्थापित गर्न सकिन्न’

नियम कानुनमा व्यवस्था भए अनुसारको महिलाको प्रतिनिधित्व हुन सकेन
समाधान संवाददाता, पोखरा
पोखरा महानगरपालिका वडा नम्बर १६ अर्मलाको लक्ष्मी नारायण आमा समूहको व्यवस्थापनमा स्थानीय ७ वटा आमा समूहका लागि कानुनी सचेतना,सकारात्मक साेंच र नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण तालिम दिइएको छ ।
वडा कार्यालय पोखरा १६को आर्थिक सहयोगमा भएको तालिममा ५० महिलाको सहभागिता छ । तालिममा पत्रकार सुष्मा पौडेल र भक्तराज रसाइलीले सहजीकरण गरेका छन् ।
गण्डकी प्रदेश सभाका उपसभामुख सिर्जना शर्माले आर्थिक रुपमा महिलालाई सशक्त नबनाएसम्म महिलाको नेतृत्व स्थापित गर्न नसकिने बताइन् ।
राज्यका निकायमा महिलाको समानुपातिक सहभागिता सुनिश्चित हुन नसकेको उल्लेख गर्दै उपसभामुख शर्माले आर्थिक अधिकार सुनिश्चित नभएसम्म महिलाको नेतृत्व विकास सम्भव नभएको दाबी गरिन् ।
‘आमा समूहदेखि राज्यका सबै निकायमा पुगेका महिलाको लागि नेतृत्व विकास गर्नु आवश्यक छ,’उनले भनिन्, ‘महिलाको नेतृत्व विकास नभएसम्म पाएको जिम्मेवारी पूरा गर्न सक्दैनन ।’
उपसभामुख शर्माले राज्यका सबै निकायमा संविधान, नियम कानुनमा व्यवस्था भए अनुसारकोमहिलाको प्रतिनिधित्व हुन नसकेको उल्लेख गरिन् । अझै पनि आम महिलाले कानुनी रुपमा किटानी गरेका अधिकार नपाएको दाबी गर्दै उनले नियम कानुनको परिधिभित्र रहेर महिलाले हक अधिकार खोजेको बताइन् ।
पोखरा महानगरपालिका वडा नम्बर १६का अध्यक्ष जीवनप्रसाद आचार्यले जस्तो सुकै असहज अवस्थाको सामना गर्न महिलाको नेतृत्व विकास हुनुपर्ने बताए । अहिलेका महिलाहरु परम्परागत मात्र भएर बस्न नहुने सुझाव दिँदै अध्यक्ष आचार्यले परिवर्तित अवस्थामा विकास निर्माण र परिवर्तनका सम्बाहक बन्नु पर्ने उल्लेख गरे ।
कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य गुमादेवी अधिकारी गौतम, मातृशिशु मितेरी अस्पताल विकास समितिका अध्यक्ष उषा बरुवाल, पोखरा महानगरपालिका वडा नम्बर १६का वडा सदस्य विष्णुदेवी नेपाली,लक्ष्मी नारायण आमा समूहका अध्यक्ष चन्द्रा जिसी, सचिव राधा भट्टराई, देउराली आमा समूहका अध्यक्ष कृष्णकुमारी विक लगायतले बोलेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया