वन क्याम्पसमा रक्तदान

समाधान संवाददाता, पोखरा ।
नेपाल विद्यार्थी संघ वन विज्ञान अध्ययन संस्थान पोखरा क्याम्पस एकाइ समितिले संघको ५२ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ । वन क्याम्पसको प्राङ्गणमा भएको कार्यक्रममा ५० जना शिक्षक तथा विद्यार्थीले रगत दान गरेका छन् ।
रक्तदान कार्यक्रमका नेपाली काँग्रेस कास्की क्षेत्र नं. २ ख का सभापति दीपेन्द्र मर्सानीले विद्यार्थीले अध्ययन अनुसन्धानका साथै अतिरिक्त क्रियाकलापमा पनि उत्साहजनक सक्रियता देखाउनुपर्ने बताए । क्याम्पस प्रमुख प्राध्यापक विनोदप्रसाद हेज्यू, प्रजातन्त्रवादी प्राध्यापक संघ पोखरा क्याम्पस एकाइका सभापति डा. ठाकुर सिलवालले विद्यार्थीको सानो प्रयासले रगतको अभाव हुन नदिन सहयोग पुग्ने बताए ।
नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका अध्यक्ष जितेन्द्रमान शाक्य, नेविसंघ एकाइ सभापति ज्ञानेन्द्र रेग्मी, विष्णु आचार्य र पशुपति भट्टराईले अहिलेका विद्यार्थीहरु सिर्जनशीलता देखाउनुपर्ने बताए । एकाइ सभापति ज्ञानेन्द्र रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एकाइ सचिव अस्मित न्यौपानेले सञ्चालन गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया