मेडिकल कलेजका युनियनलाई प्रशिक्षण

समाधान संवाददाता २०७८ वैशाख ७ गते १५:३८

समाधान संवाददाता, पोखरा ।

युनियन नेटवर्क इन्टरनेसनल, युएनआई ग्लोबल युनियनसँग आवद्ध युनियन अफ प्राइभेट हस्पिटल, नेपाल (युनिफिन) द्वारा फ्रेडरिक इबर्ट इस्टिफटुङको सहयोगमा २ दिने प्रशिक्षण भएको छ ।

नेपालका मेडिकल कलेजहरुमाकार्यरत कर्मचारी युनियनका अगुवाहरुको क्षमता अभिबृद्धिका लागि २ दिने प्रशिक्षण प्रदान गरेको युनिफिनकी कोषाध्यक्ष प्रतिमा भट्टले जानकारी दिइन् ।

Advertisement

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युनियन आन्दोलन र अभ्यासबारेमा प्रशिक्षण दिइएको थियो । प्रशिक्षणमा नेपालका १६ वटा मेडिकल कलेजमा आवद्ध २५ युनियनकर्मीको सहभागिता थियो ।

सम्मेलनले युनिफिन अन्तर्गत मेडिकल कलेज युनियन एलायन्ससमेत निर्माण गरिएको छ । देशभरका मेडिकल कलेजमा कार्यरत कामदार कर्मचारीका साझा समस्यालाई साझा रुपमा समाधान गर्न सामाजिक संवाद अभियानलाई अघि बढाउन एलायन्स सक्रिय रहने समापनका अवसरमा बताईएको थियो ।

Advertisement

मेडिकल कलेजको प्रतिष्ठा, कर्मचारी व्यवस्थापन, श्रम अधिकारको रक्षा, शान्तिपूर्ण औद्योगिक सम्बन्ध लगायत कर्मचारीसँग सरोकार राख्ने विषयमा एलायन्सले सरकार, मेडिकल कलेज एसोसियसन र अन्य सरोकारवालसँग सम्बाद र सहकार्य गर्ने उल्लेख छ ।
हाईब्रीड प्रविधिमा आधारीत प्रशिक्षणमा अधिबक्ता मीना रानाभाटले श्रम ऐन, ट्रेड युनियन ऐन तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन नियमबारे प्रशिक्षण दिएकी थिइन् । कार्यक्रममा युएनआई एप्रोका अर्गनाईजिङ तथा कार्यक्रम संयोजक तिलकजंग खड्काले अन्तर्राष्ट्रिय श्रम आन्दोलन, राष्ट्रिय र अन्तर्राष्ट्रिय ऐक्यबद्धता, श्रम सम्बन्ध र अन्तर्राष्ट्रिय श्रम मापदण्डहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

एफईएस नेपालका कार्यक्रम संयोजक चन्द्रदेव भट्ट र युएनआई नेपालका अध्यक्ष शंकर लामिछानेले अनलाइन जुमको माध्यामबाट लाइभ प्रशिक्षण दिएका थिए । कार्यक्रममा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसियनका पूर्व अध्यक्ष डा. भोला रिजाल, डा. सुरेश कनौडियाले सहभागीलाई तालिममा सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गरेका थिए ।

युनिफिनका अध्यक्ष पृथ्वीरमण थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा युनिफिनका वरिष्ठ उपाध्यक्ष मेघराज खड्का, महासचिव संजय मण्डल, उपाध्यक्ष मनबहादुर खड्का, उपाध्यक्ष दिनेश पोखरेल, युनिफिनकी कोषाध्यक्ष एवं आर्गनाइजर प्रतिमा भट्ट र कल्याण खड्का लगायतले बोलेका थिए । स्वास्थ्य मापदण्डमा आधारित २ दिने प्रशिक्षणमा सहभागीलाई कार्यरत प्रतिष्ठानमा सीपको सदुपयोग गर्न सुझाएका थिए ।

तपाईको प्रतिक्रिया