नाइकर्मी उद्योग वाणिज्य संघमा आऊः कोइराला

समाधान संवाददाता, पोखरा ।
नेपाल नाई संघ कास्कीले वार्षिक भित्तेपात्रो विमोचन गरेको छ । विमोचन गर्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले नाई संघलाई सहयोग गर्न आफू तयार रहेको बताए । अध्यक्ष कोइरालाले नाई पेशाकर्मीलाई उद्योग वाणिज्य संघमा आवद्ध हुन आग्रह गर्दै निजी क्षेत्रको योगदानलाई सरकारले भुलेको आरोप लगाए ।
पेशागत सुरक्षामा ध्यान दिन नाई संघलाई आग्रह गर्दै बालश्रम उन्मुलन योजनामा साथ दिन अनुरोध गरे । नाई संघका जिल्ला अध्यक्ष विगुलाल ठाकुरको अध्यक्षतामा भएको शुभकामना आदान प्रदान कार्यक्रममा संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले कोरोना समयमा होसियारी पूर्ण सेवा गर्न अनुरोध गरे ।
कार्यक्रममा नेपाल नाई संघ गण्डकी प्रदेशका उपाध्यक्ष सन्तोष ठाकुर, सचिव धु्रर्व ठाकुर, यातायात मजदुर संघका गण्डकी प्रदेश अध्यक्ष किरणबाबु पन्त, नेपाल कारखाना श्रमिक संघका केन्द्रीय उपमहासचिव केशवराज भट्टराई, नेपाल ट्रेड युनियन कांग्रेस कास्कीका सहसचिव केदार धमला, नाई संघका अगुवा नेता भुनेषकुमार ठाकुर, नाई संघका जिल्ला सचिव दिपा ठाकुर, आनन्द ठाकुर, एनटियुसी कास्कीका युवा समिति संयोजक सूर्य पराजुली लगायतले शुभकामना व्यक्त गरेका थिए ।
नाई संघ कास्कीले नेपाली कांग्रेस कास्कीका पार्टी सभापति कृष्ण केसीका पिता स्वर्गीय हर्कबहादुर केसी, नाई संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरका छोरा स्वर्गीय धर्मनाथ ठाकुर र स्वर्गीय अंकुर ठाकुरलाई श्रद्धान्जली व्यक्त गरेको छ । नाई संघ कास्कीले कपाल झर्नबाट रोक्ने पद्धतिबारे प्रशिक्षणसमेत दिएको छ ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया