यो मितिमा आउने भयो ‘बागी ३’

समाधान संवाददाता २०७५ पुष ५ गते १०:२९

नायक टाइगर श्राफको मुख्य भूमिका रहने चलचित्र ‘बागी ३’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रको अघिल्ला २ सिरिज हिट भएका थिए । यसैले, निर्माता साजिद नाडियाडवालाले चलचित्र निर्माण अगाडि नै यसको प्रदर्शन मिति फाइनल गरेका हुन् ।

भारतीय मिडियाका अनुसार यो चलचित्र सन् २०२० को मार्च ६ तारिखबाट रिलिजमा आउने भएको हो । टाइगरले यो चलचित्रमा पनि खतरनाक एक्सन गरेको देख्न पाइनेछ । यो चलचित्रले नै बलिउडमा टाइगरलाई स्टार बनाएको छ ।
यो चलचित्रमा नायिका साराअली खानले काम गर्ने चर्चा पनि भारतीय मिडियामा चलिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया