एमालेको बैठक आज

समाधान संवाददाता २०७८ वैशाख १० गते ८:३७

काठमाडौं ।

फुटको संघारमा रहेको नेकपा एमालेको बैठक आज बस्दैछ । तत्कालिन नेकपाको पार्टी एकता भंग भएपछि पूर्ववतः एमालेमै फर्किएका पार्टी शीर्ष नेताहरु आरोप–प्रत्यारोप र कारबाही गरिरहेका छन् ।

यसै बेला आज बस्न लागेको एमालेको बैठकलाई थप महत्वका साथ हेरिएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओली समूहले माधव नेपाल समूहलाई आज थप कारबाही पनि गर्न सक्नेछ ।

Advertisement

विहान ११ बजेदेखि पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको छ । यो बैठक बैशाख ६ गतेकै निरन्तरता हो ।

अध्यक्ष ओलीले केन्द्रीय समितिलाई नै महाधिवेशन आयोजक समितिमा रुपान्तरण गरेका थिए । ६ गतेको बैठकले माधवपक्षीय नेताहरु प्रतिनिधिसभाका २७ जना र कर्णाली प्रदेशका ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया