संकटमा गुरुङ सरकारः ११ बजे परामर्श समितिकाे बैठक बस्दै

समाधान संवाददाता, पाेखरा ।
भाेलि देखि सुरु हुने गण्डकी प्रदेश सभाकाे विशेष अधिवेशन कसरी अघि बढाउने भन्ने विषयमा दलहरुबीच सहमति जुटाउन संसदको कार्य व्यवस्था परामर्श समितिको अहिले ११ बजे बस्दैछ ।
याे विशेष अधिवेशनकाे एउटा मात्र बिजनेस छ, त्याे हाे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासकाे प्रस्ताव । त्यही प्रस्ताव छलफलमा कसरी लैजाने र मतदान कहिलेसम्म गर्ने भन्ने विषय आजै बस्ने बैठकले लगाउन सक्छ ।
आइतबार बिहान ११ बजे बाेलाइएकाे कार्यव्यवस्था परामर्श समितिको बैठकले अविश्वासकाे प्रस्ताव कसरी अघि बढाउने भन्ने टुङ्गाे लगाउने प्रदेश सभा सचिव हरिराज पोखरेलले जानकारी दिएका छन् ।
माअाेवादी केन्द्र र जनमाेर्चा नेपालकाे समर्थनमा बनेकाे गुरुङ नेतृत्वकाे सरकार दुवै दलले साथ छाेड्ने भएपछि अल्पमतमा छ । त्यसैले नेपाली कांग्रेसकाे नेतृत्वमा उनी विरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता भएकाे छ ।
मुख्यमन्त्रीमा प्रस्ताविन नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पाेखरेलकाे पक्षमा २८ सांसदले अविश्वासकाे प्रस्तावमा हस्ताक्षर गरिसकेका छन् भने जनमाेर्चाका ३ सांसदलाई गुरुङ सरकारकाे विपक्षमा मतदान गर्न पार्टीकाे केन्द्रले भनिसकेकाे छ ।









कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया