सदन २० मिनेट स्थगित

समाधान संवाददाता, पोखरा
नेपका एमालेले गण्डकी प्रदेश सभाको विशेष अधिवेशनको आजको बैठक अवरुद्ध गरेको छ । पिसिआर परीक्षण बिना संसद राखिएको भन्दै एमालेले संसद अवरुद्ध गरेको हो । बैठकको सुरुआतमा बोल्दै एमाले सांसद राजीव पहारीले पिसिआर परीक्षण गरेपछि मात्रै बैठक बस्ने बताए ।
एमाले सांसदले सदन अवरुद्ध गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि सदन स्थगित गरेका छन् । सदनमा बोल्दै एमाले सांसद राजीव पहारीले जनतालाई घर भित्रै थुनेर प्रतिनिधिहरु भेला हुन नहुने बताएका थिए । पहारीले सदनमा राखेको भनाइको सम्पादित अंश
उपचार नपाएर जनता मर्नुपर्ने अवस्था छ । हिजो मात्रै गण्डकीमा ४ जनाको ज्यान गएको अवस्था छ । जनतासँग विपत्तिमा साथ नै रहनुपर्छ । यो जटिल अवस्थालाई ध्यान राख्दै अविलम्ब पिसिआर लगाइयोस् । आधा भन्दा बढी सांसदले दोस्रो डोजको खोप लगाएको अवस्था छैन ।
घरभित्रै धार्मिक पूजा गर्दा १५ जना बढी भेला हुन नपाइने नियम राखेको छ तर हामी २०० बढी जना भएर हेल्थ प्राटोकल पूरा नगरी, सामाजिक दूरी कायम नगरी बस्दा कसैको मृत्यु हुन गयो भने त्यसको जिम्मेवार को हुने ? जनतालाई घर भित्रै रहनुभनेर निर्देशन जारी गर्दा हामी सबै यहाँ बैठक बस्न मिल्दैन । अविलम्ब पिसिआर परीक्षण गरियोस् ।
धेरै माननिय पनि प्रेसर, सुगर, थाइराइडबाट ग्रस्त भएकाले संक्रमण छिटो हुन सक्ने छ । हिजो पनि हामीले नेकपा एमालेले ध्यानाकर्षण गर्दा पनि सभामुखबाट कुनै रुलिङ गरिएन । पिसिआर बिना संसद नचलाइयोस् भनेर माग गर्छु । पिसिआर परीक्षण बिना संसद चल्न सक्दैन ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया