सभामुखले वेवास्ता गरेपछि सदन अवरुद्ध गर्न बाध्य भयाैं–पहारी

समाधान संवाददाता, पाेखरा ।
नेकपा एमाले गण्डकी प्रदेश सभाका सदस्य राजीव पहारीले सभामुख र संसद सचिवालयकाे वेवास्ताका कारण आफ्नाे दल संसद अवरुद्ध गर्न बाध्य भएकाे बताएका छन् ।
सत्तारुढ दल एमालेले सबै सांसदकाे पिसिआर टेष्ट गरेपछि मात्र संदन चलाउनु पर्ने माग राख्दै गण्डकी प्रदेश सभा अवरुद्ध गरेपछि बैठक बुधबार १ बजेसम्मका लागि स्थगित भएकाे छ ।
सदन अवरुद्ध भएपछि बसेकाे कार्य व्यवस्था तथा परामर्श समितिकाे बैठकले आजै सबै सांसदकाे स्वाब संकलन गरेर पिसिआर गर्ने र भाेलि १ बजे बैठक सुरु गर्ने सर्बसम्मत निर्णय गरेकाे छ ।
सत्तारुढदलका सांसदले नै सदन अवरुद्ध गरेर सरकारकाे सत्ता लम्ब्याउने चाल चलेकाे आराेप प्रतिपक्षी दलहरुले लगाएका छन् । सांसद पहारी त्याे मान्न तयार छैनन् ।
एमाले संसदीय दलले विशेष अधिवेशन सुरु हुनु अघि नै सभामुख र संसद सचिवालयलाई सांसदकाे पिसिआर टेष्ट गर्न आग्रह गरेकाे दावी गर्दै पहारीले समाधानसँग भने–हिजाे त हाम्रे प्रमुख सचेतक मायानाथ अधिकारीले सदनमै ध्यानाकर्षण गराउनु भएकाे थियाे, यसलाई पनि वेवास्ता गरियाे ।
कास्की प्रशासनले जनतालाई विवाह, व्रतबन्ध तथा मलामी जाँदा समेत १५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाएकाे बेलामा हामी जनप्रतिनिधिले प्राेटाेकल पालना गर्नु पर्छ कि पर्दैन– उनले प्रश्न गरे ।
एमालेलाई सत्तालाेलुप भन्दै लगाइएकाे आराेपकाे खण्डन गर्दै उनले प्रतिपक्षी साथिहरु सत्तामा जान हतारिएकाे बताए । सत्ता पाइन्छ भने काेराेना लागे लागाेस न भन्ने धारणा उहाँहरुकाे रहेछ–पहारीले भने ।









जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया