गण्डकी प्रदेश सभा अधिवेशन अनिश्चितकालसम्म स्थगित

समाधान संवाददाता २०७८ वैशाख १५ गते १७:११

समाधान संवाददाता, पाेखरा ।

जनमाेर्चाले आफ्ना सांसद हराएकाले खाेजी गरी पाँउ भन्दै निवेदन दिएपछि गण्डकी प्रदेशकाे विशेष अधिवेशन अर्काे सूचना नभएसम्मका लागि स्थगित भएकाे छ ।

मुख्यमन्त्री विरुद्धकाे अविश्वासकाे प्रस्तावमा आजै मतदान गराउने गरी कार्यसूची बनाएका सभामुख नेत्रनाथ अधिकारीले अविश्वासकाे पक्षमा मतदान गर्ने विश्वास गरिएका १ जना सांसद अनुपस्थित भएपछि अनिश्चितकालसम्मका लागि विशेष अधिवेशन स्थगित गरेका हुन् ।

Advertisement

अविश्वासकाे प्रस्तावमाथि छलफल चलिरहेकाे बेलामा सभामुखले दिउसाे साढे ४ बजेसम्मका लागि बैठक स्थगित गरेका थिए । त्यतिबेलासम्म २ जना सांसद अनुपस्थित रहेकाे हल्ला चलिसकेकाे थियाे ।

त्यसपछि अर्काे बैठक नै नबसी सूचना टाँसेर बैठक स्थगित भएकाे जानकारी दिइएकाे छ । त्याे सूचनामा अर्काे बैठक कहिले भन्ने केही उल्लेख छैन ।

Advertisement

बैठकमा अनुपस्थित भएका मध्ये स्वतन्त्र सांसद राजीव गुरुङले आफ्नाे मत पृथ्वीसुब्बा गुरुङ कै पक्षमा जाने बताएका छन् ।

हराईरहेका जनमाेर्चाका सांसद खिमबिक्रम शाहीकाे माेबाइल अफ छ । उनका स्वकीय सचिवले शाही बिरामी परेकाे भन्दै सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेखेका छन् ।

तपाईको प्रतिक्रिया