उज्ज्वल र सरस्वतीको ‘छाता ओढेर’

समाधान संवाददाता २०७८ वैशाख १६ गते ८:२७

पोखरा, १४ वैशाख

गायक उज्ज्वल गिरी र सरस्वती पुरीको गीत ‘छाता ओढेर’ सार्वजनिक भएको छ ।

गीत बुधबार युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

Advertisement

फरक प्रस्तुति र श्रोताको मनमा छुने गीत ल्याइएको गायिका सरस्वती बताउँछिन् ।

यो गीत स्रोताले रुचाएमा छिट्ट समयसापेक्ष गीत लिएर आउने उनको प्रतिवद्धता छ ।

Advertisement

उनी पोखरामा नर्सिङ पेशामा आवद्ध छिन् । गायन क्षेत्रमा नवोदित भएपनि सामाजिक अभियन्ताको रुपमा पोखरामा समाज सेवामा लागिरहेकी छिन् । त्यस्तै अर्का गायक उज्ज्वल भने नेपालको लोकसंगीत क्षेत्रमा परिचित नाम हो ।

गीतको शब्द उज्ज्वलकै रहेको छभने यसमा लय महेन्द्र भण्डारीको छ । म्युजिक भिडियोको छायाँकन अजय रेग्मीले गरेका छन्भने यसको सम्पादन विष्णु शर्माले गरेका छन् ।भिडियोको निर्देशन प्रकाश भट्टको छ ।

समूह गायनमा शर्मिला अर्याल, संगीता डंगोल, गोविन्द पराजुली, राजेन्द्र बाजुराली र महेन्द्र भण्डारीले साथ दिएका छन् ।

म्युजिक भिडियोमा अञ्जली अधिकारी, ओबी रायमाझी, सचिन परियार, तेजेन्द्र परियार, साहिल क्षेत्री, सुप्रिया क्षेत्री, मनिष खड्का र नेपाली चार्लीको अभिनय छ ।

तपाईको प्रतिक्रिया