त्यसपछि ट्र्याक्टरमा लगियो संक्रमितको शव

समाधान संवाददाता २०७८ वैशाख १८ गते ०:२८

एसके थकाली, जोमसोम

मुस्ताङको जोमसोम अस्पतालमा बिहीबार कोरोना संक्रमणका कारण ७२ वर्षीया वृद्धाको ज्यान गयो । उच्च रक्तचाप र मधुमेहको समस्या भएकी ती महिलाको शव व्यवस्थापनमा ढिलाइ हुँदा आफन्त व्याकुल बने । उनी कोरोनाबाट मृत्यु हुने मुस्ताङकै पहिलो संक्रमित थिइन् ।

बिहीबार मृत्यु भएकी महिलाको शव शुक्रबार दिउँसोसम्म उठ्न सकेन । मुस्ताङ जिल्ला अस्पताल र अन्य स्वास्थ्य कार्यालयमा लास बोक्ने शववाहान छैन । जोमसोम अस्पतालमा बिरामी बोक्ने एम्बुलेन्स र चालक उपलब्ध छन् ।

Advertisement

जोमसोम अस्पतालले यसअघि नै समितिको बैठकबाट अस्पतालमा मृत्यु भएका कुनै पनि शव नबोक्ने निर्णय गरेको थियो । अस्पतालमा शववाहन नभएको र एम्बुलेन्समा शव नबोक्ने निर्णयले कोरोना संक्रमित भई मृत्यु भएकी महिलाका आफन्तमा झनै पीडा थपियो ।

शव व्यवस्थापनमा अस्पतालको एम्बुलेन्स नदिने भए पनि सो बिषयमा अस्पतालले स्थानीय तहलाई गुहार्न सक्थ्यो । तर त्यो काम पनि हुन सकेन । घटनाबारे स्थानीय तहले खबर नपाएको होइन तर स्थानीय तह पनि यसमा जिम्मेवार भूमिका निभाउन चुक्यो ।

Advertisement

यता, जिल्ला प्रशासन कार्यालय मुस्ताङमा पनि सोही विषयमा छलफल भयो । जिल्ला सिसिएमसी बैठकमा पनि लास कसरी व्यवस्थापन गर्ने भन्ने छलफल चल्यो । शवलाई घाटसम्म पु-याउन पहिलो त गाडी व्यवस्था गर्नुपर्ने थियो भने अर्को शव बोक्ने गाडीका चालकको पनि समस्या प¥यो ।

संकटमा जिल्लामा सुरक्षा निकायमा कार्यरत सवारी चालक र गाडी पनि उपलब्ध गराउन सकिन्थ्यो । तर, त्यसमा पनि उनीहरु चुके । मृतकका आफन्त भन्दै थिए, ‘कसैले घाटसम्म नपु-याउने भए हामी आफैं बोकेर लैजान्छौं ।’

गाडी उपलब्ध हुँदा चालक नहुने र चालक हुँदा गाडी नहुने समस्या पर्दै थियो । जोमसोम अस्पतालका एम्बुलेन्स चालक सुरेश परियार पनि गाडीमा शव बोक्न तयार थिएनन् । तर, उनी जोमसोमबाट पोखरा धैरै पटक स्वाब बोकेर जाने काम गर्थे ।

मृत्यु भएको १६ घण्टा बित्दै थियो । जोमसोमका निर्माण व्यवसायी गणेश शेरचनले शब बोक्न आफ्नो ट्याक्टर दिने निर्णय गरे । उनले ट्याक्टर दिए पनि शव बोक्न चालक मानेनन् । कोरोना संक्रमितको शव बोक्न ट्याक्टर उपलब्ध भए पनि चालक नहुँदा घाटसम्म शव लैजान समस्या भयो ।

अन्ततः तिनै जोमसोम अस्पतालका एम्बुलेन्स चालक सुरेश शव बोक्न तयार भए । नेपाली सेनाका ४ जना जवान र अस्पतालका २ कर्मचारीले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै शव घाटसम्म पु-याए ।

अस्पतालले शव प्याकेजिङ ग¥यो भने सेनाले शव ट्याक्टरमा लोड अनलोड ग-यो । शवलाई दिउँसो साढे ३ बजे घाट पु-याइयो । त्यसपछि शवलाई कालिगण्डकी नजिकको घाटमा जलाइयो । शव घाट पु-याउँदा मृतकका केही आफन्त घाट पुगेका थिए ।

तपाईको प्रतिक्रिया