लुम्बिनीमा एमालेका ३ सांसदले दिए राजीनामा

समाधान संवाददाता २०७८ वैशाख १९ गते १६:०९

लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका तीन जना सांसदले राजीनामा दिएका छन्।

उनीहरूले असन्तुष्टि जनाउँदै आज पदबाट राजीनामा दिएका हुन्।

कपिलवस्तु क्षेत्र नम्बर १ (क) बाट निर्वाचित दुगनारायण पाण्डेय, कपिलवस्तु क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित धर्मबहादुरलाल श्रीवास्तव र नवलपरासी पश्चिमका अजय शाहीले राजीनामा दिएका हुन् ।

Advertisement

आफूहरूले राजीनामा पत्र प्रदेश सभा सचिवालयमा पठाइसकेको सांसद पाण्डेयले बताए।

Advertisement

तपाईको प्रतिक्रिया