सभामुख नेत्रनाथलाई एमाले सांसद दवाडीका १२ प्रश्न

समाधान संवाददाता २०७८ वैशाख १९ गते २२:०७

अझै पनि सभामुख भइरहने योग्यता र नैतिकता नेत्रनाथ अधिकारीसँग रहन्छ ?

गण्डकी प्रदेशमा एमाले सांसद धनञ्जय दवाडीले सभामुख भइरहने योग्यता र नैतिकता नेत्रनाथ अधिकारीसँग छ ? भन्ने प्रश्न गरेका छन् । फेसबुक स्टाटस लेख्दै सोमबार उनले यस्तो प्रश्न गरेका हुन् । १५ वैशाखमा मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमाथिको मतदान प्रक्रिया नै सुरु नगरी सभामुख अधिकारीले संसद अनिश्चितकालका लागि स्थगन गरेका थिए ।

त्यसै सन्दर्भमा सांसद दवाडीले विभिन्न प्रश्न गरेका छन् । अविश्वास प्रस्तावको औचित्य समाप्त भइसकेको हुँदा विशेष अधिवेशन पनि सकिएको मान्नुपर्ने दवाडीको भनाइ छ ।

सांसद दवाडीले उठाएका प्रश्नहरु

Advertisement
  • एउटा कार्यसूचीको छलफल गर्ने समय कति हुन्छ होला ? गण्डकी प्रदेशका माननीय सभामुखले वैशाख १४ गतेको कार्यसूची छलफलका लागि अनिश्चितकालीन बनाइदिए ।
  • के सभामुखलाई कार्यसूचीमा छलफलका लागि असिमित समय हुन्छ ?
  • सभामुखले मतदान अघि नै सांसदहरुको संख्या एकीन गरेर आफ्नो रुचिको पक्षले नजित्ने भए संसद बन्द गर्ने अधिकार रहन्छ ?
  • यसअघिका संसदीय परम्परा र प्रदेश सभाको आफ्नै अभ्यास विपरीत कसरी यस्तो निष्कर्षलाई जायज मान्न सकिन्छ ?
  • दलहरु कसरी सहमति गरेर यो मृत कार्यसूचिमा संसदमा छलफलमा गर्नसक्छन् ? विशेष अधिवेशनको औचित्य समाप्त भइसकेपछि अविश्वाशको प्रस्तावको औचित्य पनि समाप्त भएको मान्नुपर्दछ ।
  • संसद र सांसदको गरिमालाई जोगाउन नसक्ने सभामुखले कसरी लोकतान्त्रिक संबिधान, संघीयता र प्रदेश सभाको नेतृत्व लिन सक्छन् ।
  • उनको रहर हुन सक्छ, पृथ्वीसुब्बा गुरुङको सरकारको बिस्थापन गर्ने चाहनापनि हुन सक्छ तर उनका रहरले बास्तविकताको प्रतिनिधित्व गर्छ र ?प्रदेश सभा सचिवालय आफै किन चलखेल गर्ने रहर गरिरहन्छ ?
  • अझै पनि सभामुख भइरहने योग्यता र नैतिकता नेत्रनाथ अधिकारीसँग रहन्छ ?
  • अब संसद कसरी सञ्चालन हुन्छ? भोलि कुनै सांसद अनुपस्थित हुँदा सदन कसरी सुचारु होला?
  • के कुनै संसदको स्वास्थ्य भन्दा कसैको लागि कुर्सी कसरी महत्वपूर्ण बन्न सक्छ ? के वैयक्तिक स्वतन्त्रता छैन ?
  • उदार लोकतन्त्रमा बारम्वार सरकार परिवर्तन गर्न अराजनीतिक, अनैतिक हरकतमा किन संलग्न बन्छन् दलहरु ? किन कम्युनिष्ट आदर्श र सिध्दान्त बेचेर अराजनीतिक गठबन्धनमा रमाइरहेछन् नाबाकादाहरु ?
  • अब विशेष अधिवेशको समाप्त भएकाले सरकारले नियमित काममा केन्द्रित हुनुपर्दछ ।

तपाईको प्रतिक्रिया