कोभिड सहयोग समिति संयोजकमा अर्जुन

समाधान संवाददाता २०७८ वैशाख २० गते ७:५५

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका २१ मा वडास्तरीय सहयोग उपसमिति गठन भएको छ ।

कोभिडका बेला सहयोग संकलन गर्ने उद्देश्यले आइतबार बसेको सर्वदलीय बैठकले अर्जुन गिरीको सयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो ।

Advertisement

उपसमितिका सदस्यमा कृष्णबहादुर थापा, केवल गिरी, खेमबहादुर ठकुरी र सीतादेवी विक छन् ।

उपसमितिले स्वास्थ्य महामारीका लागि आर्थिक तथा जिन्सी सहयोग संकलन तथा सहयोग गर्ने वडा नम्बर २१ का वडाध्यक्ष खगराज आचार्यले जानकारी दिए । गठन भएकै दिन वडाध्यक्ष खगराजले नगद १० हजार संयोजक गिरीलाई हस्तान्तरण गरे ।

Advertisement

समिति संयोजक गिरीले स्थानीय स्तरदेखि राष्ट्रिय, अन्तर्राष्ट्रिय स्तरबाट सहयोग संकलन गरिने जानकारी दिए ।

उनले वडा नम्बर २१ मा कोभिड १९ रोकथाम र उपचारका लागि सबैभन्दा प्रभावकारी काम गर्नुपर्ने चुनौती आफूहरुसामु आएको बताए ।

तपाईको प्रतिक्रिया