मुस्ताङ प्रशासनको नियमित सेवा बन्द

सुन्दरकुमार थकाली, जोमसोम
कोरोना जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय मुस्ताङले मंगलबारदेखि नियमित सेवा अनिश्चित कालका लागि बन्द गरेको छ ।
आइतबार जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रकाशित गरेको सूचनामा कोरोनाको दोस्रो लहर मुस्ताङमा समेत फैलिएको जनाइएको छ ।
अर्को सूचना जारी नभएसम्म अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको प्रशासनले जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जगदीश अर्यालले कोभिड १९ को बढ्दो संक्रmमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला स्थित कार्यालय, पसल लगायतका सार्वजनिक स्थलमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन सर्वसाधारणमा अपिल गरेका छन् ।
खानेपानी, जलस्रोत तथा सिचाइ सबडिभिजन कार्यालय मुस्ताङ पनि सोमबारदेखि बन्द हुँदै छन् । सिँचाइ सबडिभिजन कार्यालयका केही २ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
३ संक्रमित थपिए
मुस्ताङमा आइतबार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला अस्पताल जोमसोमले जनाएको छ ।
अस्पतालका कोभिड फोकल पर्सन केविन पौडेलका अनुसार आइतबार ६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । तीमध्ये २ पुरुष र १ महिला छन् । अब मुस्ताङमा सक्रिय कोरोना संक्रमितको संख्या १५ पुगेको छ ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया