जनगणना सारिने

समाधान संवाददाता २०७८ वैशाख २० गते ८:१३

समाधान संवाददाता, काठमाडौँ

केन्द्रीय तथ्यांक विभागले प्रत्येक दश–दश वर्षमा सञ्चालन गर्दै आएको राष्ट्रिय जनगणना तोकिएको समयमा सञ्चालन गर्न कठिन हुने भएपछि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेलले आज तथ्यांक परिषद्को बैठक बोलाएका छन् ।

तथ्यांक परिषदमा आयोगका उपाध्यक्षले नेतृत्व गर्छन् भने सबै मन्त्रालयका सचिव र केन्द्रीय तथ्यांक विभागका महानिर्देशकले प्रतिनिधित्व गर्छन् । तथ्यांक परिषद्ले राष्ट्रिय जनगणना सञ्चालनका लागि नयाँ समयतालिका निर्धारण गर्ने बताइएको छ ।

Advertisement

विभागको पूर्व निर्धारित समयतालिका अनुसार वैशाख २५ देखि सुपरिवेक्षकहरू र जेठ २५ देखि गणकहहरू खटाएर राष्ट्रिय जनगणना गर्न लागिएको थियो । अहिले सुपरिवेक्षक र गणकहरूको तालिममा समेत समस्या परेको छ ।

तालिम लिएका सुपरिवेक्षकहरू समेत परिवारमा कोभिड–१९ देखिएको, कन्ट्याक्ट ट्रेसिङमा परेको तथा आफैं संक्रमित भएको बताउन थालेका छन् । यसैबीच केही दिन अघि वीरगञ्जमा आयोजित सुपरिवेक्षकहरूको तालिम स्थगित गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया