प्रतिकुल माैसमका कारण शव ल्याउन कठिनाइ

समाधान संवाददाता २०७५ फागुन १५ गते १६:३७

समाधान सम्वाददाता

ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा परि निधन भएका ७ जनाकाे शव राजधानी पुर्‍याउन कठिन भएकाे छ ।

घटनास्थल ताप्लेजुङकाे दारेभिर क्षेत्रमा अहिले हिउँ र पानी परिरहेकाे साथै जटिल भाैगाेलिक अवस्थाका कारण शव ल्याउन समस्या परेकाे छ । दुर्घटनास्थलमा सुरक्षा निकायका सबै विभाग परिचालन गरिएकाे जानकारी गृह मन्त्रालयले दिएकाे छ ।

Advertisement

दुर्घटनास्थलमा पुगेका सुरक्षाकर्मीहरुले स‌ंस्कृति, पर्यटन तथा उड्डयनमन्त्री रवीन्द्र अधिकारी र सुरक्षाकर्मी अर्जुन घिमिरेकाेमात्रै शव पहिचान गर्न सकेकाे जनाएका छन् ।

दुर्घटनास्थलसम्म हेलिकप्टर पुर्‍याउन नसकिएकाले शव जिल्ला सदरमुकामसम्म बाेकेर ल्याउन करिब ३ घण्टा लाग्ने स्थानीय निकायले जानकारी दिएकाे छ ।

Advertisement

तस्बिर साैजन्यः एपी वान

तपाईको प्रतिक्रिया