पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री

समाधान संवाददाता २०७८ वैशाख २४ गते ८:४८

समाधान संवाददाता, पोखरा

कोभिड १९को प्रकोप बढी रहेको अवस्थामा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले धौलागिरीका पत्रकारलाई अत्यावश्यक स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ ।

पर्वत, म्याग्दी र मुस्ताङका पत्रकारलाई बुधबार ती सामग्री प्रदान गरेको महासंघ गण्डकी प्रदेशका महासचिव गोविन्द सुवेदीले जानकारी दिए ।

Advertisement

पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको उपस्थितिमा महासचिव सुवेदी, गण्डकी प्रदेश सचिव यदुनाथ बञ्जरा र कोषाध्यक्ष राजेन्द्र न्यौपानेले ती सामग्री पत्रकार महासंघ गण्डकीका निवर्तमान महासचिव गणेश पौडेल, महासंघ पर्वत शाखाका अध्यक्ष सन्तोष थापालाई प्रदान गरेका हुन् ।

कार्यक्रममा महासंघ गण्डकीका सल्लाहकार तथा केन्द्रीय सदस्य त्रिभुवन पौडेलले कोरोना संक्रमणको वर्तमान अवस्थामा फ्रन्टलाईनमा खट्ने पत्रकार जोखिममा रहेको बताए । उनले स्वास्थ्य सुरक्षा समग्री प्रयोग गर्र्दै सावधानी अपनाउन आग्रह गरे ।

Advertisement

महासंघ गण्डकीलाई नेलम्बो नेपालबाट प्राप्त मास्क, सेनिटाइजर लगायतका स्वास्थ्य सुरक्षा सामग्री र लायन्स क्लव अफ पोखरा माछापुच्छ«ेबाट दिएको फेससिल्ड प्रदान गरिएको हो ।

महासंघ कास्की शाखा सहित प्रदेशका सबै जिल्लामा आवश्यकताको आधारमा स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरिने महासचिव सुवेदीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया