उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता

हेटौँडा
राष्ट्रिय सभामा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने एक सदस्यको रिक्त पदका लागि हुने उपनिर्वाचन कार्यक्रमअन्तर्गत आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रिय सभा सदस्य रामबहादुर थापालाई नेकपा माओवादी केन्द्र पदमुक्त गरेपछि रिक्त रहेको पदमा उपनिर्वाचन हुन लागेको हो ।
बागमती प्रदेशको राजधानी हेटौंडामा हुने निर्वाचन कार्यक्रमअन्तर्गत निर्वाचन अधिकृतको कार्यालयले मतदाताको अन्तिम नामावली प्रकाशन गरिसकेको छ ।
उम्मेदवारी दर्ता कार्यक्रमको अघिल्लो दिन बिहीबार निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा सहभागी हुने राजनीतिक दलका प्रतिनिधिहरुसँग निर्वाचन कार्यक्रमबारे अन्तरक्रिया गरेको थियो ।
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी र नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिको सहभागितामा अन्तरक्रिया भएको हो ।
राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा बागमती प्रदेश सभा सदस्य ११० जना र बागमती प्रदेशका ११८ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय २८ जनाले मतदान गर्नेछ्न ।
प्रदेश सभा सदस्यको १ मत बराबर ४८ मतभार रहेको छ भने नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष, उपाध्यक्षको १ मत बराबर १८ मतभार रहेको छ ।
बागमती प्रदेशको ११० मतसंख्या बराबर ५२८० मतभार र स्थानीय तहको प्रमुख, उपप्रमुख २३८ मतसंख्याको ४२८४ मतभार रहेको छ । प्रदेशमा ३ सय ४८ जनाले मतदान गर्नेछन् जसको मतभार ९ हजार ५ सय ६४ रहनेछ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया