सिडिसीले भन्याेः हावाबाट पनि सर्न सक्छ काेराेना

समाधान संवाददाता २०७८ वैशाख २५ गते १३:१४

एजेन्सीकाे सहयाेगमा

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडिसी) ले काेराेना भाइरस हावाबाट पनि सर्न सक्ने चेतावनी दिएकाे छ । सिडिसी संक्रामक राेग सम्बन्धी जानकारी राख्ने संसारकै सबै भन्दा ठुलाे सस्था हाे ।

सिडिसीले शुक्रबार यस्ताे निर्देशिका जारी गर्दै सचेत रहन आग्रह गरेकाे छ । यसअघि सास फेर्ने वायुबाट सर्दैन कि भनिन्थ्याे । तर सिडिसीले सास फेर्ने क्रममा पनि काेराेनाका भाइरस शरिर भित्र प्रवेश गर्न सक्ने जनाएकाे छ ।

Advertisement

सास फेर्ने हावामा रहेका कोरोना भाइरसयुक्त ओसिला कणहरुका कारण संक्रमण फैलिन सक्ने सम्भावना रहेकाले सावधानी अपनाउन उल्लेख गरिएको छ।

सिडिसीले संक्रमित व्यक्ति ६ फिटकाे दुरीमा भएपनि उसले फेर्ने सासबाट सर्न सक्ने चेतावनी सिडिसीकाे निर्देशिकामा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया