विपक्षी गठबन्धनले भाेलि नै नयाँ सरकार बनाउने दावी पेश गर्ने तयारी

समाधान संवाददाता २०७८ वैशाख २६ गते १८:२४

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेशका विपक्षीि दलका गठबन्धनले भाेलि साेमबार नै नयाँ सरकार गठनकाे दावी गर्ने गरी तयारी थालेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएपछि प्रदेश प्रमुख सिता पाैडेलले नयाँ सरकार गठनका लागि ३ दिनकाे समय दिदैं सूचना प्रकाशित गरेकी छन् ।

Advertisement

कांग्रेस, माओवादी केन्द्र र जसपाका नेताहरुले साेही सूचना बमाेजिम भाेलि नै नयाँ सरकार गठनकाे दावा पेश गर्ने कांग्रेस संसदीय दलका कृष्णचन्द्र नेपाली पाेखरेलले समाधानलाई बताए ।

कृष्णचन्द्र पाेखरेललाई नै मुख्यमन्त्री बनाउने दलहरुकाे तयारी छ ।

Advertisement

माओवादी केन्द्रका संसदीय दलका नेता हरिबहादुर चुमान र जसपाका संसदीय दलका नेता हरिशरण आचार्यले पनि भाेलि नै नयाँ सरकार गठनकाे दावा गर्ने तयारी भैरहेकाे जानकारी दिए ।

तपाईको प्रतिक्रिया