चरम द्वन्दमा जनमाेर्चाः संसदीय दलकाे नेतालाई थाहै नदिई पुरानाे मितिमा ह्विप जारी

समाधान संवाददाता, पाेखरा ।
राष्ट्रिय जनमाेर्चाकी गण्डकी प्रदेश सभा सदस्य पियारी थापाले साेमबार एउटा ह्विप जारी गरिन्, त्याे पनि पुरानाे मितिकाे । उनले साेमबार साढे ४ बजे आफ्नै फेसबुकमा ह्विप जारी गरेकाे पत्र सार्बजनिक गरिन । त्याे पत्रमा मिति भने १ दिन अघिकाे छ ।
याे ह्विप बारेमा आफू अनभिज्ञ रहेकाे जनमाेर्चाका संसदीय दलका नेता कृष्ण थापाले बताइसकेका छन् ।
३ सदस्यीय संसदीय दलमा पियारी थापा एकातिर छन् भने दलका नेता कृष्ण थापा र सांसद खिमबिक्रम शाही अर्काे तिर छन् ।
संसदीय दलका नेता थापा र शाहीले कृष्णचन्द्र नेपालीकाे पक्षमा मत दिने या नदिने कुरा औपचारिक रुपमा बताइसकेका छैनन् । उनीहरुकाे संसदीय दलकाे बैठक पनि बसेकाे छैन् ।
तर बैठक नबसिकन सचेतक पियारी थापाले ह्विप जारी गरेकी छन् ।
समाधानसँगकाे कुराकानीमा बैशाख १२ गते बसेकाे संसदीय दलकाे बैठकले अविश्वासकाे प्रस्तावकाे पक्षमा मतदान गर्ने निर्णय गरेकाे जानकारी दिदैं सचेत थापाले अहिले नयाँ सरकार गठनमा सहयाेग गर्नु भनेकाे त्यसैकाे निरन्तरता भएकाे बताईन ।
श्राेतका अनुसार पछिल्लाे समय सचेतक पियारी थापा र दलका नेता कृष्ण थापाबीच राम्राे सम्बन्ध छैन । थापा पक्षधर बाग्लुङका कार्यकर्ताले पियारीले अराजनीतिक खेल खेलिरहेकाे आराेप लगाउछन् ।
पियारीले भने पार्टीकाे केन्द्रले गरेकाे निर्णय अनुसार आफु चलेकाे र केन्द्रकाे निर्देशन मान्नु पर्ने बताउछिन् ।





विकास तथा भवन निर्माणमा रु ४८ करोडका योजना
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया