पेट्रोलियम डिलर्समा १० बेडको आइसोलेसन

समाधान संवाददाता, पोखरा
गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एसोसियसनले आफ्नो कार्यालय भवनमा १० बेडको आइसोलेसन तयार गरेको छ । कोरोना संक्रमण भएका विपन्न परिवार वा डेरामा बस्नेलाई समस्या देखिएकाले आइसोलेसन तयार गरिएको एसोसियसनका अध्यक्ष राजन गोगंजुले जानकारी दिए ।
एसोसियसनको पोखरा महानगरपालिका १४ चाउथेमा रहेको भवनलाई आइसोलेसन सेन्टर बनाइएको हो । जटिल प्रकृतिका संक्रमितका लागि नभईकोभिड देखिएका तर घर वा डेरामा परिवारसहित बस्न नमिल्नेका लागि प्रयोग गर्ने गरी आइसोलेसन बनाइएको हो ।
कार्यालयमा अहिले १० बेडसहित १५ दिनलाई पुग्ने खाद्यान्न तथा प्रारम्भिक मेडिसिन, माक्स, सेनिटाइजर, तातोपानीको व्यवस्था गरिएको छ ।
कार्यालयमै किचन र मनोरञ्जनका सामग्रीसमेत राखिएको अध्यक्ष गोगंजुले जानकारी दिए ।
पेट्रोलियम क्षेत्रमा क्रियाशील मजदुर र तिनका परिवार वा अन्य त्यस्ता विपन्न वर्गका संक्रमितलाई महानगरको स्वास्थ्य महाशाखासँग समन्वय गरी राख्ने तयारी छ । पहिलो चरणमा १० बेड निर्माण गरिए पनि कार्यालयको क्षमता २० बेडसम्म विस्तार गर्न सकिनेउनले बताए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया