गण्डकीमा १४ जनाको कोरोनाले निधन, ५०६ संक्रमित थपिए

समाधान संवाददाता २०७८ वैशाख ३० गते १६:१४

समाधान संवाददाता, पोखरा

प्रदेशमा आज १४ संक्रमितले ज्यान गुमाएका छन् । स्वास्थ्य निर्देशनलाय, गण्डकी प्रदेशका अनुसार कास्कीका ९ र बागलुङका ४ संक्रमितको निधन भएको हो ।

कास्की पोखरा महानगरपालिका १७ का ७३ वर्षीय कोरोना संक्रमितको मंगलबार उपचारका क्रममा चरक मेमोरियल अस्पतालमा मृत्यु भएको हो । उनमा १६ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

पोखरा ७ की ४५ वर्षीय संक्रमितको पनि मंगलबार चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । उनमा २७ वैशाखमा कोरोना देखिएको थियो ।

पोखरा १७ का ४४ वर्षीय संक्रमितको बुधबार चरक मेमोरियल अस्पतालमा निधन भएको हो ।

Advertisement

पोखरा ८ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान पौने ४ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठामा मृत्यु भएको हो । पोखरा १५ का ६५ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

पोखरा १२ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार राति फिस्टेल अस्पतालमा निधन भएको छ ।

उनमा बुधबार नै कोरोना पुष्टि भएको थियो । पोखरा २६ का ६९ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो । उनमा २५ वैशाखमा कोरोना देखिएको थियो ।

दाङ जिल्ला लालमटिया १ का ८० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार दिउँसो मणिपाल शिक्षण अस्पतालमा ज्यान गएको हो ।

बागलुङ जिल्ला बागलुङ जगरपालिका ४ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान ७ बजे धौलागिरी अस्पतालमा निधन भएको हो । गल्कोट नगरपालिका २ का ५२ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान साढे १० बजे धौलागिरी अस्पतालमा निधन भएको छ ।

ढोरपाटन नगरपालिका ९ का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बिहान पौने १२ बजे धौलागिरी अस्पतालमा निधन भएको हो । पोखरा १७ का ३० वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार दिउँसो पौने १ बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको छ ।

म्याग्दी बेनी नगरपालिका ५ का ४० वर्षीय कोरोना संक्रमित पुरुषको बुधबार बेलुका ५ बजे बेनी अस्पतालमा ज्यान गएको छ । गल्कोट नगरपालिका ३ का ६४ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार दिउँसो २ बजे धौलागिरी अस्पतालमा ज्यान गएको हो ।

गण्डकीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३१८ पुगेको छ ।

थपिए ५०६ संक्रमित

प्रदेशमा बिहीबार ५०६ संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी कास्कीका २१० छन् ।

बागलुङका ११९, नवलपुरमा ९१, म्याग्दीमा २८, तनहुँमा २७, स्याङ्जामा १६ संक्रमित थपिएका छन् । पर्वतमा ११, गोरखा र लमजुङमा २÷२ जनामा संक्रमण फेला परेको छ ।

प्रदेशमा कोरोना संक्रमितको संख्या २५ हजार ९ सय ५३ पुगेको छ ।

तपाईको प्रतिक्रिया