मुस्ताङको घरपझोङले दियो एम्बुलेन्स सेवा

सुन्दरकुमार थकाली , जोमसोम
कोरोना संक्रमित बिरामीलाई अस्पतालसम्म लैजाने र ल्याउन सुविधाका लागि मुस्ताङको घरपझोङ गाउँपालिकाले बिहिबार देखि एम्बुलेन्स सेवा प्रदान गरेको छ ।
मुस्ताङको घरपझोङ गाउपालिका भित्र कोरोनाको दोश्रो लहर फैलिन थालेपछि गाउपालिकाले बिरामी बोक्ने एम्बुलेन्सको बन्दोबस्त गरेको स्वास्थ्य संयोजक कर्णबहादुर थकालीले जानकारी दिए ।
घरपझोङ गाउँपालिकाले सार्वजनिक भाडा चल्ने बलेरो जिप एक महिनाका लागि ठेक्का लिएर कोरोना संक्रमित बिरामीको उपचारमा सहयोग पू¥याउन एम्बुलेन्स सेवा उपलब्ध गराएको स्वास्थ्य संयोजक थकालीले बताए ।
पालिकाले ५ वटै वडाका कोरोना संक्रमणको लक्षण भएका बिरामीलाई अस्पतालसम्म पू¥याउन निशुल्क एम्बुलेन्स सेवा संञ्चालनमा ल्याएको हो । गाउपालिकाले संक्रमित बिरामीलाई सेवा प्रदान गर्न एक महिनाको १ लाख ६० हजार बुझाउने गरी सम्झौता गरेको जनाएको छ ।
घरपझोङले ७० वर्ष पुगेका कोरोना संक्रमित ज्येष्ठ नागरिक र गरिब तथा बिपन्न परिवार पहिचान भएका संक्रमित व्यक्तिलाई निशुल्क मुस्ताङबाट पोखरा लैजान व्यवस्था गरेको जनाएको छ ।
तर अन्यको हकमा भने पालिकाले ईन्धन खर्च स्वरुप मुस्ताङबाट पोखरा लैजान १० हजार शुल्क तोकेको छ ।जिल्लाका अन्य पालिकाका संक्रमित बिरामीलाई एम्बुलेन्स सुविधा आवश्यकता परेको अवस्थामा जिल्ला अस्पतालले लिने एम्बुलेन्स शुल्कको ३० प्रतिशत छुट दिने गरी सेवा प्रदान गर्ने उल्लेख गरेको छ ।









मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मुलुक चुनावमा होमियो, अब सुशासन र समृद्धिको मार्ग: संचारमन्त्री खरेल
कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया