पाकिस्तानको पञ्जाबमा नहरमा भ्यान खस्यो, ११ को मृत्यु
समाधान संवाददाता
२०७८ जेठ १ गते १५:०१

इस्लामाबाद, रासस–एएनआई
पाकिस्तानको पञ्जाब प्रान्तस्थित एक नहरमा शुक्रबार बेलुकी यात्रुबाहक भ्यान खस्दा एकै परिवारका ११ जनाको मृत्यु भउको छ ।
देशको पूर्वी प्रान्तको शिखुपुरा जिल्लामा उक्त घटना भएको हो अधिकारीहरुले बताएका छन् । मृत्यु भएका ११ जनामध्ये सात जना बालबालिका, तीन महिला र एक पुरुष रहेका छन् ।
घटना भएलगत्तै प्रहरीले उक्त स्थानमा पुगेर नहरमा डुबेका व्यक्तिहरुलाई बाहिर निकालेको थियो । प्रहरीका अनुसार एउटा परिवारका सदस्यहरु पञ्जाबको गुजरनवाला जिल्लामा नातेदारसँग भेटघाट गरेर आफ्नो गाउँ खानखा डोगरान फर्किदै थिए ।
प्रत्यक्षदर्शीहरुले नहरको बाटोमा तिब्र गतिमा भ्यान दौडिएको र अनियन्त्रित भएर नहरमा खसेको बताएका छन् । पाकिस्तानमा सडकको अवस्था कमजोर रहेका कारण वर्षैपिच्छे धेरै सडक दुर्घटना हुने गरेका छन् ।
सम्बन्धित









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया