भारतमा २४ घण्टामा कोरोनाबाट चार हजार बढीको मृत्यु

२ जेठ, काठमाडौं
भारतमा पछिल्लो २४ घण्टामा ४ हजार ७७ कोरोना भाइरस ९कोभिड–१९० का संक्रमितको मृत्यु भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा भारतमा ३ लाख ११ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या २ करोड ४६ लाख ८४ हजार नाघेको छ भने अहिलेसम्म कोरोनाको कारण २ लाख ७० हजार २८४ जनाको मृत्यु भएको छ ।
भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या ३६ लाख १८ हजारभन्दा धेरै छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६२ हजारभन्दा बढी संक्रमित संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा भारतको कर्नाटकमा सबैभन्दा बढी ४१ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने महाराष्ट्रमा ३४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । तामिलनाडुमा नयाँ संक्रमितको संख्या ३३ हजारभन्दा बढी छ भने केरलामा ३२ हजारभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।
भारतमा अहिलेसम्म १८ करोड २२ लाख २० हजार डोजभन्दा बढी कोरोना खोप मानिसहरुलाई दिइसकिएको छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया