अक्सिजन प्लान्टलाई कर्म तमुको १ लाख, सहयोग गर्न सबैलाई आह्वान

समाधान संवाददाता २०७८ जेठ २ गते १९:००

समाधान संवाददाता, पोखरा

तमु धिं नेपालकी संस्थापक अध्यक्ष तथा वरिष्ठ समाजसेवी कर्म तमुले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि १ लाख रुपैयाँ सहयोग प्रदान गरेकी छन् । वतास फाउन्डेसनको अग्रसरतामा अक्सिजन प्लान्ट निर्माणका लागि चलेको अभियानलाई तमुले उक्त रकम प्रदान गरेकी हुन् ।

‘कोभिड १९ महामारीले सबैतिर भयावह भइरहेको बेला, अक्सिजनकै अभावमा थुप्रै नेपालीले ज्यान गुमाउनुपरेको छ,’ तमुले भनेकी छन्, ‘यस्तो बेला वतास फाउन्डेसनले अक्सिजन प्लान्ट बनाउन गरेको प्रयास प्रशंसनीय छ ।’ उनले यस अभियानमा साथ र सहयोगका लागि तमु दिदीबैनी तथा दाजुभाइ, संघसंस्था, सम्पूर्ण पोखरेलीलाई र देशविदेशका नेपालीलाई आग्रह गरेकी छन् ।

Advertisement

राज्य र निजी क्षेत्र अनि समुदाय सबैको हातेमालोबाट अघि बढेर नै कोभिड १९ को महामारी विरुद्ध लड्न सकिने र आआफ्नो ठाउँबाट यो बेला सबैले सक्दो सहयोग गर्नुपर्ने विचार पनि तमुले व्यक्त गरिन् ।

Advertisement

तपाईको प्रतिक्रिया