गुल्मीमा २४ घण्टामा ११ को मृत्यु

समाधान संवाददाता २०७८ जेठ २ गते २०:१३

तम्घास, रासस ।

दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा गुल्मीका ११ जनाको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म तम्घास, पाल्पा, होम आइसोलेशन, स्याङ्जा, काठमाडाँै, चितवन, बुटबललगायत स्थानमा गरी नौ पुरुष र दुई महिलाले ज्यान गुमाएको स्वास्थ्य कार्यालय गुल्मीका कोभिड–१९ फोकल पर्सन गोपाल कार्कीले जानकारी दिनुभयो ।

गुल्मीमा दोस्रो चरणको कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ४९ पुगेको छ । जिल्लामा अहिलेसम्म कुल एक हजार १८६ जना सङ्क्रमित भएका छन् । जसमध्ये ९३४ सक्रिय छन् ।

Advertisement

सक्रिय सङ्क्रमितमध्ये ८८४ जना होम आइसोलेशनमा छन् भने अन्यको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिलेसम्म जिल्लाका कूल २०६ सङ्क्रण मुक्त भएको स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन कार्कीले बताउनुभयो ।

Advertisement

तपाईको प्रतिक्रिया