सबै प्रदेशको आर्थिक वृद्धिदर यसपटक बढ्ने

समाधान संवाददाता २०७८ जेठ ३ गते ७:३४

गण्डकी प्रदेशले राष्ट्रिय जिडिपीको ८.७ प्रतिशत अर्थात ३ खर्ब ७२ अर्ब रुपैयाँ बराबर योगदान गर्ने प्रक्षेपण

समाधान संवाददाता, काठमाडौं

चालु आर्थिक वर्षको (२०७७÷७८) आर्थिक वृद्धिदरमा वागमती प्रदेशको सबैभन्दा बढी योगदान हुने केन्द्रिय तथ्यांक विभागले प्रक्षेपण गरेको छ । विभागले चालु आर्थिक वर्षको प्रदेशगत कुल ग्राहस्थ उत्पादन (जिडिपी) को प्रक्षेपण सार्वजनिक गर्दै वागमती प्रदेशको जिडिपी वृद्धिदर बढी हुने अनुमान गरेको हो । जिडिपीमा वागमती प्रदेशको १६ खर्ब ८ अर्ब रुपैयाँ बराबरको योगदान हुने विभागको प्रक्षेपण छ ।

Advertisement

चालु आर्थिक वर्षमा वागमती प्रदेशको जिडिपी वृद्धिदर सबैभन्दा बढी ४.७ र सुदूरपश्चिम प्रदेशको वृद्धिदर सबैभन्दा कम ३.४ प्रतिशत रहने प्रक्षेपण विभागको छ । गत आर्थिक वर्षमा कर्णाली प्रदेशको बाहेक सबै प्रदेशको जिडिपी वृद्धिदर ऋणात्मक थियो । चालु आर्थिक वर्षमा भने सबै प्रदेशको जिडिपी बढ्ने अनुमान गरिएको छ ।

वार्षिक राष्ट्रिय ग्राहस्थ उत्पादन उपभोक्ता मूल्यमा ४२ खर्ब ६६ अर्ब रुपैयाँ बराबर हुने अनुमान गरिएको छ । जसमा सबैभन्दा बढी हिस्सा ३७.७ प्रतिशत बागमती प्रदेशको रहने अनुमान छ ।

Advertisement

नेपालको कुल ग्राहस्थ उत्पादनको वृद्धिदर चालु आर्थिक वर्षको उपभोक्ता मूल्यमा ४.०८ प्रतिशत रहने अनुमान विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।

कमजोर कर्णाली

जिडिपीमा सबैभन्दा कम योगदान भने कर्णाली प्रदेश हुने विभागको अनुमान छ । यसको १ खर्ब ७२ अर्ब रुपैयाँ बराबर छ । यो कुल अनुमानित राष्ट्रिय जिडिपीको ४ प्रतिशत बराबर मात्रै हो । चालु आर्थिक वर्षका लागि कर्णाली प्रदेशका आर्थिक वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान गरिएको छ ।

विभागको तथ्यांकअनुसार प्रदेश १ ले कुल जिडिपीको १५.६ प्रतिशत अर्थात ६ खर्ब १२ अर्ब रुपैयाँ बराबर योगदान पु¥याउने अनुमान गरिएको छ ।

प्रदेश नम्बर २ ले कुल जिडिपीको १३ दशमलव २ प्रतिशत अर्थात ५ खर्ब १९ अर्ब रुपैयाँ बराबर योगदान गर्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशको चालु आर्थिक वर्ष ३.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ । गण्डकी प्रदेशले राष्ट्रिय जिडिपीको ८.७ प्रतिशत अर्थात ३ खर्ब ७२ अर्ब रुपैयाँ बराबर योगदान गर्ने प्रक्षेपण छ ।

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरिएको छ । सुदूर पश्चिम प्रदेशको आर्थिक वृद्धिदर ३.४ प्रतिशत अनुमान गरिएको छ । चालु आर्थिक वर्षको कुल राष्ट्रिय जिडिपीमा सुदूरपश्चिम प्रदेशको ६.९ प्रतिशत अर्थात २ खर्ब ९४ अर्ब योगदान गर्ने विभागको अनुमान छ ।

गत वर्ष सबै प्रदेश ऋणात्मक

प्रदेश नम्बर १ को जिडिपी वृद्धिदर गतवर्ष १.२ प्रतिशतले ऋणात्मक थियो । प्रदेश २ यो प्रदेशको जिडिपी वृद्धिदर गत आर्थिक वर्ष १.६ प्रतिशतले ऋणात्मक रहेका थियो । गण्डकी प्रदेशको जिडिपी वृद्धिदर गतवर्ष १.७ प्रतिशतले ऋणात्मक थियो ।

लुम्बिनी प्रदेशको गत आर्थिक वर्ष यो प्रदेशको वृद्धिदर १.८ प्रतिशतले ऋणात्मक थियो । चालु वर्ष भने राष्ट्रिय जिडिपीमा लुम्बिनी प्रदेशले १४ प्रतिशत अर्थात ५ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको योगदान गर्ने अनुमान गरिएको छ ।

समष्टिगत आर्थिक सुचकमध्ये महत्वपूर्ण सुचक प्रदेशस्तरको कुल गार्हस्थ उत्पादनको अनुमान गर्ने कार्य आर्थिक वर्ष २०७५÷७६ देखि शुरु गरिएको हो । चालु अािर्थक वर्षको वस्तु तथा सेवाको सुचक तयार गर्दा हालको निषेधाज्ञा १५ दिनको मात्र रहने त्यसपछि क्रमशः सुधार हँुदै जाने अनुमा सहित विभागले प्रक्षेपण गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया