छोराको हत्या भएको भन्दै मैनालीको जाहेरी

समाधान संवाददाता २०७८ जेठ ३ गते २२:११

समाधान संवाददाता, पोखरा

चलचित्रकर्मी तथा सञ्चारकर्मी भीमा मैनाली उप्रेती र रत्नप्रसाद उप्रेतीका छोरा नुभिव उप्रेतीको युवा अवस्थामै रहस्यमय हत्या भएको भीमाले बताएकी छन् । उनले यसबारे प्रहरीमा जाहेरी पनि दिएकी छन् र सत्यतथ्य पत्ता लगाउन सबैको सहयोगको अपेक्षा राख्दै अपिल जारी गरेकी छन् ।

पोखरा ६, वाराहीमन्दिर मार्गको ५० मिटर तल नेपालआर्मीले उद्धार नुभिवको शव हालै निकालेको थियो । वडा प्रहरी कार्यालय बैदाम प्रहरीलाई मिति २०७८।०१।०४ गते शनिबार पूर्वाह्न ६ः४५ मा आर्मीले प्रहरीलाई शव जिम्मा लगाएको उनको भनाइ छ । छोरा नुभिव उप्रेतीको शव बुझ्न जाहेरी लिई जाँदा लासको प्रकृति हेरी उनको रहस्यमय हत्या भएको देखिएको हुँदा आवश्यक अनुसन्धान गरी तथ्य पत्ता लगाई सहयोग गरी दिन सबैमा भीमाले अपिल गरेकी छन् ।

Advertisement

भीमाले ज्यान सम्बन्धी कसुरमा मुद्दासमेत दर्ता गरेकी छन् । उनको मुद्दा नं. १८३ छ । वडा प्रहरी कार्यालय कास्की, बैदाममा नुभिव उप्रेती हत्या भएको भन्ने जाहेरी भीमाले दिएकी हुन् । २०७८।०१।०४ का दिन लेकसाइड पोखरामा मरणासन्न गरी पिटी तालमा लगी डुबाई मारेको भीमाको भनाइ छ । तर डुबी मरेको भनी घटना लुकाउन खोजेको आरोप उनले लगाएकी छन् ।
अहिले कुटपिट गरी मार्ने ३ जना हिरासतमा रहेको भएता पनि थप जानकारी लिन खोज्दा आलटाल गरी गल्ती ढाकछोप गर्न लागेको भन्दै अनुसन्धान प्रभावकारी बनाइदिन भीमाले आग्रह गरेकी हुन् ।

छोराको लासको प्रकृति हेर्दा टाउको, दाहिने कोखा र गुप्तांगमा निलडाम भएको, पेटमा पानी नभएको र छोराले कोखामा हात राखी छेकेको जस्ता कुरा भीमाले उल्लेख गरेकी छन् ।
लास नहेरी जाहेरी लेख्न बाध्य पारिएको, अनुसन्धान नै नगरी आत्महत्या नै हो भनी, दोस्रो पटक आवेदन लिन नमानेको तर पुन अनुसन्धानग र्दा कुटपिट गरी हत्या गर्ने व्यक्तिहरु पत्ता लगाइएको तर हत्याको कारण अझै लुकाइएको भीमाको विज्ञप्तिमा उल्लेख छ ।

Advertisement

तपाईको प्रतिक्रिया