पाेविविले पायाे पूर्णता, स्वास्थ्य विज्ञान डिनमा नागिला

समाधान संवाददाता २०७८ जेठ ४ गते ७:४३

समाधान संवाददाता, पाेखरा ।

लामाे समयदेखि रिक्त रहेकाे पाेखरा विश्वविद्यालय पदाधिकारीले पूर्णता पाएकाे छ । विश्वविद्यालयका पदाधिकारी नहुँदा कार्यसम्पादनमा कठिनाई भएकाे थियाे ।

पाेखरा विश्व विद्यालकाे साेमबार बसेकाे कार्यकारि परिषद्ले पदाधिकारी नियुक्ति गरेकाे हाे । जस अनुसार स्वास्थ्य विज्ञान संकायको डिनमा डा. अमर नागिला नियुक्त भएका छन् ।

Advertisement

बिगत लामो समयदेखि स्वास्थ्य विज्ञान संकायमा प्राध्यापन गर्दै आएका नागिला प्रयाेगशालाका विज्ञ हुन् । उनले पाेखरामा लाइफ केयर डाइगाेनेष्टिक सञ्चालन गरिरहेका छन् ।

त्यसैगरी पोखरा विश्वविद्यालयको मानविकी तथा समाज विज्ञान संकायको डिनमा डा. अजय थापा, विज्ञान तथा प्रविधि संकाय डिनमा डा. रमेश ठगुराठी, परीक्षा नियन्त्रकमा डा. तुल्सी भण्डारी नियुक्त भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया