पर्वतारोहीलाई सजग रहन मौसमविदको आग्रह

समाधान संवाददाता २०७८ जेठ ४ गते ८:४१

काठमाडौँ

Advertisement

पूर्वीमध्य अरब सागरमा बनेर हाल भारतको गुजरातसहितका क्षेत्रमा पुगेको शक्तिशाली चक्रवात ‘ताउ–ते’ को अप्रत्यक्ष प्रभावका कारण मौसमी प्रतिकुलता आउन सक्ने भएकाले पर्वतारोहीहरुलाई सजग रहन मौसमविदले आग्रह गरेका छन् ।

विश्वको सर्वोच्च शिखरसहितका हिमालमा अहिले वसन्त ऋतुको आरोहण जारी छ । स्थानीय वायुसँगै ताउ–ते चक्रवातका कारण मौसमी प्रतिकुलता आउन सक्ने भएकाले आरोहीहरुलाई सजग रहन र माथि नलाग्न अनुरोध गरिएको मौसमविदले बताएका छन् ।

विशेष गरि बुधबार दिउँसोदेखि उच्च हिमाली भू–भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा केही स्थानमा भारी हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

सो अवधिमा उच्च हिमाली भू–भागमा उच्च वेगको हावाहुरीको समेत सम्भावना रहेकोले पर्वतारोहण नगर्न तथा नगराउन अनुरोध गरिएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया