आज देशभर सामान्यदेखि पूर्ण बदली हुन सक्ने
समाधान संवाददाता
२०७८ जेठ ४ गते ८:४६

काठमाडौँ – देशभरको मौसम मंगलबार सामान्यदेखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी न्यून चापीय प्रणाली तथा पूर्वीमध्य अरब सागरमा बनेको अति शक्तिशाली चक्रवात ‘ताउ–ते’ को प्रभावकाले मौसम बदली भएको हो ।
मौसमविद प्रतिभा मानन्धरका अनुसार ताउ–ते चक्रवातको प्रत्यक्ष प्रभाव नेपालमा नपरे पनि विशेष गरि पश्चिम तथा उच्च हिमाली क्षेत्रमा अप्रत्यक्ष प्रभाव परेको छ । अहिले देशभर सामान्य बदलीको अवस्था छ ।
मंगलबार देशभर सामान्यदेखि पूर्ण बदली रहने महाशाखाले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया