जसपाकाे सम्युक्त वक्तव्यः आफ्नै नेतृत्वमा सरकार बनाउन पाए पहल गर्ने

समाधान संवाददाता २०७८ जेठ ४ गते १३:५५

समाधान संवाददाता, पाेखरा ।

जनता समाजवादी पार्टी विभाजनबाट राेकिनका लागि अरु दलले साे पार्टीका नेतालाई प्रधानमन्त्री बनाइदिनु पर्ने भएकाे छ ।

अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव यस्ताे निष्कर्षमा पुगेका हुन् । उनीहरुलाई याे स्थितिमा पुर्याउन डा बाबुराम भट्टराईकाे भुमिका रहेकाे बताइन्छ ।

Advertisement

त्यसपछि विभाजनको डिलमा पुगेका दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त वक्तव्य जारी गर्दै पार्टीलाई विधि पद्धति अनुसार अघि बढाउने बताएका छन् ।

तत्काल जसपा सरकारमा नजाने तर आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था आएमा वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने वक्तव्यमा उल्लेख छ ।

Advertisement

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउन महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

तपाईको प्रतिक्रिया