गण्डकी प्रदेशकाे मन्त्रिमण्डल आजै बिस्तार हुने

समाधान संवाददाता, पाेखरा ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारकाे मन्त्रिमण्डल बिस्तारकाे तयारी गरेका छन् । उच्च श्राेतका अनुसार अन्यथा नभएमा आजै दिउसाे मन्त्रिमण्डल बिस्तार हुनेछ ।
अन्य राजनैतिक दलहरुसँग पनि छलफल गरेर मन्त्रिपरिषद् बिस्तार गर्ने साेचमा परिवर्तन गर्दै तत्काल काम चलाउनका लागि सानै आकरमा भए पनि बिस्तार गर्ने निष्कर्षमा मुख्यमन्त्री पुगकाे श्राेतले दावी गर्याे ।
क्याविनेटमा मुख्यमन्त्री एक्लै हुँदा सरकारकाे काम कारवाही प्रभावित भएका छन् । उनले बैशाख २९ गते सदनमा सबै भन्दा ठुलाे दलकाे नेताकाे हैसियतले मुख्यमन्त्रीकाे सपथ लिएका थिए ।
मन्त्रिपरिषद् १ सदस्यीय हुँदा क्याविनेट पनि बस्न पाएकाे छ । क्याविनेट कम्तिमा २ सदस्यीय हुनै पर्ने कानुनी व्यवस्था छ ।
आगामी असार १ गते बजेट ल्याउनै पर्ने बाध्यता प्रदेश सरकारहरुलाई छ । अर्थमन्त्री नहुँदा बजेट निर्माणकाे काम पनि प्रभावित भएकाे छ ।
साथै काेराेना महामारीका विरुद्धकाे अभियानमा नेतृत्व गर्नु पर्ने स्वास्थ्य मन्त्री पनि नहुँदा काम प्रभावकारी हुन नसक्ने भन्दै याे मन्त्रालयलाई पनि नेतृत्व दिने साेँच मुख्यमन्त्रीले बनाएकाे श्राेतकाे दावी छ ।
काे कस्लाई मन्त्री बनाउने भन्ने निर्णय भने फाइनल नभसकेकाे र मुख्यमन्त्री अझै पनि सल्लाह मै रहेकाे श्राेतले बताएकाे छ । मन्त्रिपरिषद् आजै बिस्तार त हुँदैछ, कति बेला हुन्छ र काे काे मन्त्री बन्छन्, थाहा भएन–श्राेतले भन्याे ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया