महिलाको मृत्यु, एक युवक पक्राउ
समाधान संवाददाता
२०७८ जेठ ५ गते ९:३९

दमाैली, रासस ।
तनहुँको व्यास नगरपालिका–१० परेवाडाँडा नजिक एक महिला घरभित्रै मृतावस्थामा फेला परेकी छन् । सत्ताइस वर्षीया मनुमाया थापा मङ्गलबार आफ्नै घरको कोठामा मृत फेला परेकी हुन् ।
मृतकका श्रीमान् रोजगारीका लागि भारतमा रहेको बताइएको छ । स्थानीयवासीले महिलाको हत्या भएको भन्दै अनुसन्धान गर्न माग गरेका छन् ।
प्रहरीले अनुसन्धानका लागि एक युवकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । “घटनाबारे अनुसन्धान गरिरहेका छाँै, थप विवरण अनुसन्धानपछि आउँछ”, उहाँले भन्नुभयो ।
सम्बन्धित









सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया