पत्रकार चौधरीको कोरोनाले मृत्यु
समाधान संवाददाता
२०७८ जेठ ५ गते ९:५१

रूपन्देही– कोरोना संक्रमणबाट रूपन्देहीका पत्रकार हिक्मत चौधरीको मृत्यु भएको छ ।
दुई साताअघि संक्रमणमा परेका चौधरीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा आज बिहान ३ बजे मृत्यु भएको हो ।
पत्रकार महासंघको निवर्तमान कार्यसमितिको सदस्य रहेका उनी रेडियो लुम्बिनीमा कार्यरत रहेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया