विनाविभागीय मन्त्रीले भाेलिमात्रै मन्त्रालय पाउने

समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेशमा बुधबार नियुक्त भएका ५ जना मध्ये ३ जना मन्त्रीले आज कुनै मन्त्रालयकाे जिम्मेवारी पाएनन् ।
सामान्यतया मन्त्रिकाे नियुक्ति लिए लगत्तै मन्त्रालय पुगेर कार्यभार सम्हाल्ने चलन भएपनि आज नियुक्त भएका तीन मन्त्री रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुनले मन्त्रालयकाे जिम्मेवारी पाएका छैनन् ।
मुख्यमन्त्री निवासमा बसेकाे पहिलाे बैठकमा यस बारेमा केही चर्चा नचलेकाे मन्त्री रामशरण बस्नेतले जानकारी दिए । मन्त्रालय दिने अधिकार मुख्यमन्त्रीकाे हाे, भाेलिसम्म दिनु हाेला उनले भने ।
किरण गुरुङले अर्थ र राजीव गुरुङले युवा तथा खेलकुद मन्त्रीकाे जिम्मेवारी पाएका छन् । जिम्मा त पुरानै हुन्छ, हाेला तर आज पाइएन– बस्नेतले समाधानसँग भने ।
मन्त्रालयकाे जिम्मेवारी पाएका किरण गुरुङले आजै कार्यभार सम्हालेका छन् भने युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ काठमाण्डाैंमा भएकाले सपथ खानै पाएका छैनन् ।
आज बसेकाे मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीकाे राजनैतिक सल्हाकार र याेजना आयाेगका उपाध्यक्ष तथा सदस्य नियुक्त गरेकाे छ ।
मुख्यमन्त्रीका सल्लाहकारमा लमजुङका डा भिष्म अधिकारी र याेजना आयाेजका उपाध्यक्षमा डा गिरधारी शर्मा पाैडेललाई नियुक्त गरेकेा छ । त्यस्तै याेजना आयाेगका सदस्यमा विष्णु बराल नियुक्त भएका छन् ।









कांग्रेसमा विशेष महाधिवेशनको दबाब: महामन्त्री थापालाई बुझाइयो स्मरण पत्र, पुस २८ सम्मको समयसीमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कास्कीमा १७ हजार बढी नयाँ मतदाता थप
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया