राष्ट्रिय सभा निर्वाचनमा मतदान सकियो, आजै नतिजा आउने

राष्ट्रियसभाको उपनिर्वाचनको बिहीबार भएको मतदानमा ९७.४० प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ । दिउँसो ३ बजेसम्मको समयमा ९७.४० प्रतिशत अर्थात् ३३८ मत खसेको आयोगले उल्लेख गरेको छ । ९ जना मतदाता उपस्थित भएनन् ।
नेकपा एमालेका नेता रामबहादुर थापाले माओवादी पार्टी परित्याग गरेपछि रिक्त रहेको स्थानमा सो उपनिर्वाचन भएको हो । निर्वाचनमा एमालेका अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट थापा नै उम्मेदवार छन् भने एमालेका वरिष्ठ नेता माधवकुमार नेपालका तर्फबाट डा. खिमलाल देवकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)बाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।
मतदानको निर्धारित समयभित्र ४ जना प्रदेश सांसद र ५ जना स्थानीय तहका अध्यक्ष÷उपाध्यक्ष नआएको निर्वाचन आयोगका प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।
प्रदेश सांसदतर्फ १०९ र स्थानीय तहका २३८ मतदाता गरी कुल मतदाता ३४७ छन् । त्यसमध्ये विवेकशील साझाका ३ जनाले मतदान नै नगर्ने घोषणा गरेका थिए । ११० सदस्य रहेको प्रदेश सभामा दोलखाका सांसद पशुपति चौलागाईंको गत साता निधन भएपछि प्रदेश सभातर्फ १०९ मतदाता थिए ।
आयोगले आजै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको छ ।









बाँझो भिरालो जग्गामा सुन्तला फलाएर दलबहादुरले कमाए १६ लाख
चुनाव आउन ७१ दिन बाँकी : समानुपातिक सूची बनाउन दलहरू व्यस्त, आयोगको तयारी तीव्र
फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया