राष्ट्रपतिकाे आव्हानः भाेलि साँझ ५ बजेसम्म प्रधानमन्त्री दावी गर्नु

समाधान संवाददाता २०७८ जेठ ६ गते २०:११

समाधान संवाददाता, पाेखरा ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्रीकाे दावी पेश गर्न जम्मा १ दिनकाे समय दिएकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्दै भालि साँझ ५ बजे भित्र दावी पेश गर्न भन्दै सूचना जारी गरेकी छन् ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेपछि राष्ट्रपतिले उपधारा ५ बमोजिम प्रक्रिया अघि बढाएकी हुन् ।

प्रधानमन्त्रीकाे पत्र पुगे लगत्तै राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै भोलि जेठ ७ गते साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न समय दिएको जनाएको छ।

Advertisement
राष्ट्रपतिकाे कार्यालयले जारी गरेकाे विज्ञप्ति

तपाईको प्रतिक्रिया