उपेन्द्रलाई खबरै नगरी राजेन्द्रले बाेलाए जसपा संसदीय दलकाे बैठक
समाधान संवाददाता
२०७८ जेठ ७ गते ११:०२

समाधान संवाददाता, पाेखरा ।
जनता समाजवादी पार्टी जसपाका नेता राजेन्द्र महताेले पार्टीकाे संसदीय दलकाे बैठक बाेलाएका छन् । ११ बजे बैठक बाेलाइएकाे छ । बैठक सिंह दरबार स्थित संसदीय दलकाे कार्यलयमा सुरु भैसकेकाे छ ।
महताेलाई महन्थ ठाकुर पक्षले संसदीय दलकाे नेतामा चयन गरेकाे थियाे । तर अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले अस्वीकार गरेकाे छ ।
महताेले राष्ट्रपतिले आज साँझसम्म नयाँ सरकार गठनका लागि आव्हान गरेकाले साेही बारेमा छलफल गर्न बैठक बाेलाएकाे बताएका छन् ।
तर अर्का अध्यक्ष उपेन्द्र यादवलाई भने बैठककाे बारेमा कुनै जानकारी नदिइएकाे बताइएकाे छ ऽ
सम्बन्धित









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया