महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन उपेन्द्रको प्रस्ताव
समाधान संवाददाता
२०७८ जेठ ७ गते ११:१५

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन आव्हान गरेको भोलिपल्ट यादवले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर यस्तो प्रस्ताव राखेका हुन।
‘मैले महन्थजीको नाम प्रधानमन्त्रीमा प्रस्ताव गरेको हुँ” यादवले भनेका छन्, ‘उहाँहरू सकारात्मक हुनुहुन्छ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति भण्डारीले धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गर्न आज साँझ पाँच बजेसम्मको समय दिएकी छन्।
सम्बन्धित








कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
जनप्रिय क्याम्पसको गरिमा कायम राख्छुः राजेन्द्र
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया