सके मलाई हटाऊ, नसके राष्ट्रिय सरकार बनाऊँ

समाधान संवाददाता, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीहरूलाई वैकल्पिक सरकार बनाउन चुनौती दिएका छन् । वैकल्पिक सरकार बने आफू प्रतिपक्षमा बसेर सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् ।
‘वैकल्पिक सरकार बनाए भयो, वैकल्पिक सकार बने म स्वागत गर्छु,’ बालुवाटारमा शुक्रबार मध्याह्न सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, ‘तपाईंहरू वैकल्पिक सरकार बनाउनुहोस् मेरो रचनात्मक सहयोग रहने छ ।’
ओलीले आफूले आजै कांग्रेस सभापति शेबहादुर देउवालाई फोन गरेर राष्ट्रिय सरकार मिलेर बनाउन आग्रह गरेको बताए । ‘आज बिहान मैले शेरबरहादुर देउवालाई फोन गरेर भनेँ– तपाईंहरू सरकार बनाउनुहोस् । होइन, भने आउनुहोस् मेरो नेतृत्वमा राष्ट्रियस सरकार बनाउँ न त!’ उनले भने ।
ओलीले आफूलाई सर्मथन गरे संसद विघटन नहुने समेत बताए । ‘सक्नुहुन्न भने मलाई सर्मथन गर्नुहोस्,’ उनले भने, ‘कसले विघटन गर्न खोज्यो संसद ? मलाई सर्मथन गर्नुहोस् । महामारीका बेला सबै सरकारमा सहभागी होऔं । यस्तो बेलामा हामी सबै मिलेर कोभिड–१९ विरुद्ध लडौँ । तपाईँहरू वैकल्पिक सरकार बनाउनुहोस्, रचनात्मक भूमिका हाम्रो हुनेछ ।’








सामुदायिक सेवा केन्द्रलाई सहयोग
‘विद्यार्थीलाई साइबर अपराधबाट जोगाऔं’
कृषिबाट पर्यटनतर्फ ठिनी
चिप्लेढुंगामा केएफसी सञ्चालन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया